प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, ०४ असोज २०७९, ११ : ११
प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

काठमाडौं ।  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल तय गरेको छ । साथै आयोगले सबै ७७ वटै जिल्ला अन्तरगत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गरेको छ । 

आयोगले प्रतिनिधिसभा अन्तरगतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तरगतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थल छुट्याएर विवरण सार्वजनिक गरेको हो । यस्तै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ । 

खेगले मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको  छ । जसअनुसार कुल मतदाता संख्या १  करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।  आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ ।  यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने उपमहानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ५ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । खर्च विवरण नबुझाउनेमा निर्वाचित उम्मेदवारहरु पनि प्रशस्त रहेका छन् ।  आयोगको सूचना अनुसार उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेको खण्डमा पदनै जाने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस