गोठाटारमा गोली लाग्दा घाइते भएका मोहम्मदको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ असोज २०७९, २१ : ५६
गोठाटारमा गोली लाग्दा घाइते भएका मोहम्मदको मृत्यु

काठमाडौं । काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मदको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए । 

कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका थिए । 

उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो  । मोहम्मद गार्मेट व्यवसायी हुन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाईँ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस