नारायणगढ मुग्लिन सडकमा तिब्र गतिको प्रतिस्पर्धाले दुर्घटना बढ्यो

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०७५, १५ : २९
नारायणगढ मुग्लिन सडकमा तिब्र गतिको प्रतिस्पर्धाले दुर्घटना बढ्यो

चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा दुर्घटनाको जोखिम थप बढेको छ । लामो समय देखि निर्माणधिन अवस्थामा रहेको सडकखण्ड अहिले चौडा र स्तरीय भएपछि दुर्घनाको जोखिम बढ्दै गएको ट्राफिक कार्यालय चितवनले जनाएको छ । 
यस सडकखण्डमा नारायणगढ देखि मुग्लिन र मुग्लिन देखिसम्म कसले कम समयमा दुरी पार गर्ने प्रतिस्पर्धाले दुर्घटनाको जोखिम बढेको ट्राफिक कार्यालय चितवनका प्रमुख वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

अहिले २५ मिनेटमा सडक पार ग¥यौ भन्दै प्रतिस्पर्धा भईरहेको हामीलाई सुचना प्राप्त भएको छ , उहाँले भन्नुभयो ,“समयलाई अझै घटाउदै प्रतिस्पर्धा भएको खण्डमा थप जोखिम बढेर जान्छ । यसका लागि राडर गनको प्रयोग गर्न सुरु गरेका छौ ।”
नारायगढ मुग्लिन सडकखण्डमा पर्ने प्रहरी बिटमा चेक जाँचलाई कडाई गरिएको छ । तिब्र गतिमा सवारी साधान चलाउनेमा मोटरसाईल तथा माईक्रो बसहरु रहेका छन् । ट्राफिक प्रमुख गौतमले भन्नुभयो , “अब हामीले छिटै आँपटारी र मुग्लिनमा टाईम कार्डलाई प्रयोगमा ल्याउने छौ । तर कति समयमा पार गर्न पाउने भन्ने विषयमा ईन्जिनियसगँ परार्मश भईरहेको छ ।”
नारायणगढ मुग्लिन सडकखण्डको स्तरोन्ती भएसगै अहिले दुर्घटनाको संख्यामा वृद्धि आएको छ ।  
 

प्रतिक्रिया दिनुहोस