रोजर फेडेररद्वारा सन्यासको घोषणा

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, २१ : ०१
रोजर फेडेररद्वारा सन्यासको घोषणा

काठमाडौं । टेनिस इतिहासकै महान खेलाडीमा गणना हुने रोजर फेडेररले ४१ वर्षको उमेरमा खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । टेनिस क्षेत्रमा सबैभन्दा ठूलो ग्रान्डस्ल्यामका २० पटकका च्याम्पियन फेडेरर विगत तीन वर्षदेखि घुँडाको समस्यासँग संघर्ष गर्दै आएका थिए । अहिले यसैको कारण उनले सन्यास लिएका छन् । 

फेडेररले अर्को हप्ता लन्डनमा हुने लेभर कपमा सहभागी हुनेछन् । उनैले कल्पना गरेको राईडर कप शैलीको यस प्रतियोगितापछि उनले व्यावसायिक खेल जीवन परित्याग गर्नेछन् ।  

फेडेररले सामाजिक सञ्जालमा एक पत्र पोष्ट गरेर सन्यासको घोषणा गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस