अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि माओवादीबाट सिफारिस

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, २० : २१
अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि माओवादीबाट सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट सिफारिस भएकी छन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी अखिल क्रान्तिकारी अध्यक्ष सिंह सुर्खेत क्षेत्र नं २ खबाट सिफारिस भएकी हुन्। कर्णालीका २४ प्रदेश सभा मध्ये माओवादी केन्द्र सिफारिस एक्लो महिला भएको सिंहले बताएकी छन्।

नेकपा माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा पहिलो प्राथमिकता दिने मापदण्ड समेत बताएको छ।

प्रतिक्रिया दिनुहोस