भरतपुरमा असोज ८ गते सुजन चापागाई म्युजिकल सो हुने

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १२ : ५५
भरतपुरमा असोज ८ गते सुजन चापागाई म्युजिकल सो हुने

चितवन । असोज ८ गते चितवनमा सुजन चापागाई म्युजिकल सो हुने भएको छ । चापागाईको गृहनगर यहि रहेकाले भरतपुरमा  एक भब्य कार्यक्रमको आयोजना गरी म्युजिकल सो गर्न लागिएको आयोजक संस्था हेन्ड ईन हेण्ड इृभेन्ट चितवनका अध्यक्ष निकेश बरालले बताए ।

भरतपुर बिमान स्थल पछाडी  रहेको चितवन गार्डेन रिसोर्टमा  बेलुका ६ देखी ९ बजे सम्म कार्यक्रम हुने बराल बताउछन् । म्युजिकल सोमा चापागाईले आफना ६ वटा हिट गितहरु तिनपाते, गालापुक्क, लजाएर, चुलबुल चुलबुल, घुमिघुमी गितको प्रस्तुती गर्ने छन् ।

नेपालकै टप म्युजिसियनहरु चापागाईको ब्याडमा रहेको र त्यहा उनिहरुकोे प्रस्तुती रहने बरालले बताए । सो मा चापागाई सहित ११ जनाको टोली सहभागि हुने छ ।  सो हेर्नका लागी १ हजार रुपेयाको टिकटको ब्यवस्था गरिएको उनले बताए । टिकट आई एम ई पेमा पनि खरिद गर्न  सकिने र अफलाईन टिकट सिजि ल्याण्डमार्क र मेडी डर्मा केयर हाकिमचोकमा पाउन सकिने बरालले बताए । 

प्रतिक्रिया दिनुहोस