एजेन्सी । अर्मेनिया र अजरबैजानबीच सोमबार रातभर भएको भिडन्तमा करिब एक सय सैनिकको मृत्यु भएको छ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको भिडन्तको क्रममा ४९ जना सैनिकको मृत्यु भएको बताएका छन्।
यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकको मृत्यु भएको जनाएको छ।मंगलबार रुसले मध्यस्थतासको प्रस्ताव गरेको थियो।
अजरबैजानले छिमेकी देशको उक्साहटका कारण भिडन्त भएको बताएको छ। नागोर्नो(काराबाख क्षेत्रलाई लिएर अजरबैजान र अर्मेनियाबीच विवाद रहँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ भदौ २०७९, ०९ : ३९
लेखकबाट थप