एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रति आक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।
“सेप्टेम्बरको सुरुदेखि हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने । युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ ।
पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ भदौ २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह