एजेन्सी । युक्रेनले रुसबाट आफ्नो भूमि फिर्ता लिएसँगै रुसले पनि आक्रमण तीव्र पारेको छ।
रुसले गरेको आक्रमणको कारण विद्युत अवरुद्ध हुँदा खारकिभ र डोनेट्स क्षेत्रका करिब ९० लाख मानिस अँध्यारोमा बस्न बाध्य भएका छन्। यसअघि युक्रेनले तीन हजार वर्ग किलोमिटरको भूमि रुसबाट फिर्ता लिएको दाबी गरेको थियो। यद्यपि यो दाबी पुष्टि भने हुन सकेको छैन।
खारकिभका मेयर इहोर टेरेखोभले रुसी आक्रमणको कारण सहरको अधिकांश भागको विद्युत् आपूर्ति रोकिएको बताएका छन्। युक्रेनको सफलतालाई रोक्न रुसले तल्लो स्तरको कार्य गरेको उनको भनाइ छ।
अहिले युक्रेनको आपतकालीन सेवाले आगलागी नियन्त्रण र विद्युत आपूर्ति सुचारु गर्ने काम गरिरहेको उनले बताएका छन्। युक्रेनका अन्य केही क्षेत्रको विद्युत आपूर्ति पनि अवरुद्ध भएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आम नागरिकको संरचनामाथि आक्रमण गर्नु उसको आतंकवादी गतिविधि भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ भदौ २०७९, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण