१९ वर्षीय कार्लोसले जीते युएस ओपनको उपाधि

एजेन्सी

सोमबार, २७ भदौ २०७९, ०९ : ०३
१९ वर्षीय कार्लोसले जीते युएस ओपनको उपाधि

एजेन्सी । स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि जितेका छन् । पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर रुडलाई हराउँदै कार्लोसले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

न्युरोर्कमा भएको फाइनलमा कार्लोसले कास्परमाथि ६-४,२-६,७-६,७-१० र ६-३ को सेटमा जीत निकाले । कार्लोसको यो पहिलो मुख्य उपाधि हो । यस्तै पहिलो पटक युएस ओपन जितेका हुन् ।

स्पेनकै राफायल नाडालपछि ग्रान्डस्लाम उपाधि जित्ने उनी सर्वाधिक युवा खेलाडी हुन् । महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस