काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले जानकारी दिए ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो । लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही