प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा, सेनाका सकलदर्जालाई सम्बोधन

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १२ : ३५
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा,  सेनाका सकलदर्जालाई सम्बोधन

काठमाडौं । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन् । प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकलदर्जालाई सम्बोधन गरेका हुन् । 

सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गरेका थिए ।  उनले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाका बारेमा सकलदर्जालाई जानकारी गराएका थिए । 

प्रधानसेनापति शर्माले सम्बोधनका दौरान नेपाली सेनाको कफि टेबल बुक र लिडर्स रिडिङ कलेक्सनको विमोचन गरेका थिए ।