वारा । नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ । विपी जयन्तिको अवसरमा नेबिसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो ।
विपी जयन्तिको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली कांग्रेसका नेता लुकेश सिह, राममणी गुप्ता, युवा नेता हरिओम पटेल, सुनिल कुशवाहा, सुर्ज पटेल, रामबिहरि पटेल, महिला नेतृ कलावति पासवानलगायतको सहभागिता थियो ।
कार्यक्रममा सहभागी सबै जिल्ला पार्टी सभापति राजेश यादव पक्षधर हुन । सभापतिकको विपक्षमा फरक गुटमा रहेका नेता कार्यकर्ता नेबिसंघले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित अमृता अनाथालय आश्रममा आयोजना गरेको कार्यक्रममा सहभागी बनेका थिए । सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव राजेश रौनियार, मैयाराम यादव, नेबिसंघ बाराका अध्यक्ष राकेश पाणडे, युवा नेता अरबिन्द पटेल र बिनयराज शर्मालगायको सहभागिता थियो ।
उनीहरु सबै सभापती राजेश यादवविरुद्ध उपसभापति मनोज भट्टले नेतृत्व गरेको गुटमा आवद्ध छन् । कार्यक्रममा अनाथालयमा आश्रित २५ बालबालिकाहरुलाई फलफूल तथा स्टेसनरी सामग्री वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह