२१ परीक्षार्थीलाई लोकसेवाले गर्‍यो कारबाही

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १२ : ५९
२१ परीक्षार्थीलाई लोकसेवाले गर्‍यो कारबाही

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाइ कारबाही गरेको छ । उत्तरपुस्तिकामा  नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै  २१ जना परीक्षार्थीलाई  कारबाही  गरिएको हो ।

आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ । आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन  इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो ।  २० जनाले भित्रि पृष्टमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए ।  २० जनालाई १ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको  छ ।

एक जनालाई दुइ वर्ष सम्मा परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरि कारबाही गरिएको छ ।  प्रदेश लोक सेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम  कारबाही गर्ने निर्णय गरेको हो ।  

प्रतिक्रिया दिनुहोस