काठमाडौं । जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि मुस्ताङ उडेको समिट एयरको जहाज पुनः पोखरा विमानस्थलमै फर्किएको छ।
आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुनः पोखरा विमानस्थलमै अवतरण गरिएको हो।
जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए। ‘इन्डिकेसन समस्या देखिएपछि जहाज पुनः पोखरा विमानस्थलमै फिर्ता गरिएको हो,’ पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने, ‘दायाँ इन्जिन अफ गरेर विमान सकुशल विमानस्थलमा अवतरण गरिएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो
१० घन्टामा सबै ट्वाइलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज
१० नेपालीलाई लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै
साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन