आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, ०७ : ४४
आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनसहित र्षाको सम्भावना रहेको छ। प्रदेश नं१ का एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

यस्तै राति प्रदेश नं १,  मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक दुई स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस