चितवन । अविरल वर्षासंगै नारायणगढ–मुग्लिन सडक खण्डमा दिनहु जसो पहिरो खस्न थालेपछि सडकको आवागमन अवरुद्ध बन्दै आएको छ । गए राति पुनः यो सडक खण्डको १८ किलोमा ठुलो पहिरो खसेको छ ।
पहिरो गए राति करिब ८ बजे खसेको प्रहरीले जनाएको छ । ठुलो पहिरो १८ किलोमा खसेपनि सानातिना पहिरा यो सडक खण्डको धेरै स्थानमा खसेको चितवन प्रहरीले जनाएको छ ।
रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनास्थलमा पहिरो पन्छाउन लोडर पुगेको काम थालिएको छ । यस वर्ष भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, ०९ : ०४
लेखकबाट थप