काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । आजको खेल जित्नेले सिरिज जित्नेछ ।
यसअघि सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो । त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
यूएईमाथि नेपालको रोमाञ्चक जित