काठमाडौं । नेपाल र केन्याबीचको चौथो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
शृंखलामा २-१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने अवसर छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ । पाँच खेलको टी-२० शृंखलामा नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो । दोस्रो खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेको थियो ।
आइतबार भएको तेस्रो खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड