लिबियामा पुनः हिंसा भड्कियो

एजेन्सी

आइतबार, १२ भदौ २०७९, ११ : ५३
लिबियामा पुनः हिंसा भड्कियो

लिबिया  । लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयले त्रिपोलीमा शनिबार  विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ ।

सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुका पनि क्षति पुगेको बताइएको छ ।

शनिबार भएको यहाँका विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ । सो आक्रमणको संयुक्त राष्ट्र सङ्घीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्र सङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस