काठमाडौं । कर्णाली प्रदेशका ९ हजार भन्दा बढी उम्मेदवारले निर्वाचन सम्पन्न भएको ३ महिना बितिसक्दा पनि खर्च विवरण बुझाएका छैनन् ।
गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार ८ सय ४७ जना मध्ये ९ हजार ४ सय ६ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको हाे।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचन प्रचारप्रसार खर्च सम्बन्धी रहेको व्यवस्थामा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार र तिनका प्रतिनिधिले निर्वाचन मत परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने हुन्छ ।
तर कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहमा मनोनयन दर्ता गराई निर्वाचन प्रतिस्पर्धामा भाग लिएका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् ।कर्णालीमा हालसम्म ३ हजार ४ सय ४१ जनाले मात्रै खर्च विवरण बुझाएकाे प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल