दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, ११ : २५
दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

काठमाडौं । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले बिहिवार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह सी मा मा परेको छन् ।अन्य समूहको तुलनामा यो समूहलाई कठिम मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।

समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह ‘बी’ मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।

समूह ‘डी’ मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से रहदा समूह ‘ई’ मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब छन् । समूह ‘एफ’ मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहदा समूह ुएचु मा पेरिस सेन्ट जर्मेन ‘पीएसजी’, युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस