फ्रेन्च डिफेन्डर उम्टिटी इटालियन क्लबमा अनुबन्ध

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, ११ : १२
फ्रेन्च डिफेन्डर उम्टिटी इटालियन क्लबमा अनुबन्ध

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब युएस लिचले स्पेनिस क्लब बार्सिलोनाका फ्रेन्च डिफेन्डर स्यामुयल उम्टिटीलाई अनुबन्ध गरेको छ । उनलाई हालै सिरी ‘ए’ मा बढुवा भएको लिचले लोनमा अनुबन्ध गरेको हो । बार्सिलोनाले उम्टिटीलाई एक सिजनका लागि लोनमा पठाइएको जनाएको छ । उनी २०१६ मा फ्रेन्च क्लब लियोनबाट क्याप नोउ भित्रिएका थिए ।

स्पेनिस क्लबका लागि १३३ खेल खेलेका २८ वर्षीय डिफेन्डरले दुई ला लिगासहित सात उपाधि जितेका छन् । उम्टिटी  २०१८ को विश्वकप विजेता फ्रेन्च टोलीको सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस