काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । सोमबार बिहान हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।
छलफलमा माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समाजवादीको तर्फबाट महासचिव वेदुराम भुषाल लगायत नेताहरु पनि सहभागी थिए । दुई पार्टीको एकता निर्वाचनअघि नै गर्ने कि पछि भन्नेमा छलफल केन्द्रित रहेको बताइएको छ ।
त्यस्तै, माओवादीको निर्वाचन चिह्नबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमका विषयमा पनि कुराकानी भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । गौतम नेकपा ब्युताउने वा समाजवादी केन्द्र बनाउने कुरामा सहमत भएको र भट्टराईको हकमा केही शर्त रहने विषयमा पनि छलफल भएको छ ।
दुई नेताहरुका बीचमा निर्वाचनअघि एकता संयोजन समिति बनाउने र त्यसमार्फत् वार्ता अघि बढाउने सहमति भएको बताइएको छ । छिट्टै गौतम र भट्टराईसँग छलफल गरेर दुवै पार्टीका नेताहरु रहने समिति बन्ने छ ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा साझा घोषणापत्र बनाएर जाने विषयमा दुई नेताबीच सहमति भएको छ। २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माओवादीको माग
संसद् खुलाउन एमाले र माओवादी केन्द्रबीच दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर
सञ्चारकर्मीमाथि जारी पक्राउपुर्जी फिर्ता लिन माओवादीको माग
संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी
जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश
काँग्रेसको प्रस्ताव अस्वीकार गर्दै माओवादीले भन्यो-‘देउवा-‘प्रचण्ड’बीचको सहमति कार्यान्वयन गरौँ’