प्योङयाङ । उत्तर कोरियाले अनिवार्य मास्कको प्रावधान हटाएको छ । कोभिड—१९ संक्रमणका घटना कमी भएपछि सरकारले मास्क लगाउनुपर्ने प्रावधान हटाएको हो । यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले कोभिडमाथि विजय हाँसिल गरेको घोषणा गरेका थिए ।
नेता किम स्वंयम कोभिडबाट संक्रमित भएको पनि बताइएको थियो । यसै साता प्योङयाङले दक्षिण कोरियाले सीमावर्ती क्षेत्रमा जानी जानी संक्रमण पठाइदिएको आरोप लगाएको थियो । उसले आवश्यक भएमा दक्षिण कोरियाली अधिकारीहरूलाई निर्मूल पार्ने चेतावनी पनि दिएको थियो ।
देशमा सिर्जना भएको जनस्वास्थ्य संकट पूर्णतया निस्क्रिय भएको प्योङयाङको आधिकारिक समाचार संस्था कोरिया सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । सम्पूर्ण क्षेत्रलाई सबैभन्दा छोटो अवधिमा घातक भाइरसबाट मुक्त गरिएपछि भाइरस प्रतिबन्ध सहज बनाइएको पनि उक्त संस्थाले जनाएको छ ।
उत्तर कोरियामा कोभिडबाट मृत्यु हुने मानिसको यकिन तथ्यांक सार्वजनिक गरिएको छैन् । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ साउन २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा