जनैपूर्णिमा मा क्वाटी किन खाईन्छ ? क्वाटी खानुका फाईदाहरु

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, ११ : ५०
जनैपूर्णिमा मा क्वाटी किन खाईन्छ ? क्वाटी खानुका फाईदाहरु

काठमाण्डौँ ।  आज जनैपूर्णिमा तथार्त् क्वाँटी खाने दिन, बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ।

क्वाँटी पौष्टिक तत्वको खानी मानिन्छ। यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ। जुन शरीरका लागि आवश्यक तत्व हुन्। शरीर तन्दुरुस्त राख्न पौष्टिक तत्वको आवश्यकता पर्छ। ती पौष्टिक तत्व विभिन्न खानामा पाइन्छ।

यिनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ। अंकुरित गुडागुडी जनैपूर्णिमा मात्र होइन अघिपछि पनि खान सकिन्छ। बढ्दो उमेरका केटाकेटी र बुढाबुढीलाई थप पौष्टिक तत्वको आवश्यकता बढी हुन्छ।

क्वातिबाट क्वाँटी

क्वाँटी शब्द नेपालभाषाको क्वातिु शब्दबाट बनेको हो। जसअनुसार क्वाु को अर्थ तातो र ति को अर्थ झोल वा सुप भएकाले क्वातिु वा क्वाँटी को अर्थ तातो सुप भन्ने बुझिन्छ।

केराउ, सिमी, मटर, चना, राजमा, बोडी, भटमास, मुगी, मासलगायत विभिन्न गेडागुडी भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि खान योग्य मानिन्छ। यसरी तयार पारिएको गेडगुडीलाई क्वाँटी भनिन्छ। क्वाँटीबारे सामाजिक, सांस्कृतिक र वैज्ञानिक तथ्य रहेको पाइन्छ।

थकित शरीरमा ऊर्जा ल्याउँछ

नेपाल देश कृषिप्रधान देश हो। यतिबेला किसान खेती गरेर थकित भएका हुन्छन्। खेती गर्ने क्रममा शारीरिक श्रम बढी खर्च हुनेगर्छ। खेतीको चटारोबाट मुक्त रहेका किसानलाई थप आराम र ऊर्जाको आवश्यकता पर्छ। त्यसैको परिपूर्ति गर्न जनैपूर्णिमामा क्वाँटी खाने गरिन्छ। नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने प्रचलन छ। आज बाँधिएको डोरो गाई तिहारका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि वैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ।

स्मरणशक्ति बढाउँछ

क्वाँटी पौष्टक तत्वको खानी हो। यसमा प्रशस्त मात्रामा भिटामिन, क्याल्सियम र मिनरल्स रहेको हुन्छ। त्यसैले यो सबै उमेर समूहका व्यक्तिलाईलाई फाइदाजनक छ। यसको नियमित सेवनबाट रोग प्रतिरोधात्मक शक्ति बढ्न जान्छ। यसले एसिडिटी तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट छुटकरा गराउँछ। शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गर्छ। त्यसैले क्वाँटी जनैपूर्णिमामा मात्रै होइन हरेक दिन खानु आवश्यक छ।

नियमित सेवन गरे हुने फाइदा

– कब्जियतको समस्या हटाउँछ,
– मधुमेह तथा पायल भएका मानिसलाई फाइदा गर्छ,
– बुढ्यौ हुनेबाट जोगाउँछ,
– तुरुन्तै शक्ति दिन्छ,
– रोग प्रतिरोधात्मक शक्ति बढाउँछ,
– स्मरणशक्ति बढाउँछ,
– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ,
– पाचनशक्तिमा सुधार ल्याउँछ,
– सौन्दर्यमा निखार ल्याउँछ।

प्रतिक्रिया दिनुहोस