चेक बाउन्स मुद्दामा फरार महिला झाडीमा फेला

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, २० : ३८
चेक बाउन्स मुद्दामा फरार महिला झाडीमा फेला

काठमाडौँ । चेक बाउन्स मुद्दामा फरार रहेकी एक अभियुक्तलाई कास्की प्रहरीले झाडीमा लुकेको अवस्थामा फेला पारेको छ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा चेक बाउन्स भएपछि फरार रहेकी बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ हाल पोखरा महानगरपालिका–२ मिरुवा बस्दै आएकी २७ वर्षीया दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीस्थित झाडीमा लुकेको अवस्थामा फेला पारी पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ। उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पोखराबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनले विभिन्न व्यक्तिहरुलाई बेलायत पठाइदिने भन्दै ठगी गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस