नारायणगढ-मुग्लिन सडक दुईतर्फी संचालनमा

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ०९ : ०६
नारायणगढ-मुग्लिन सडक दुईतर्फी संचालनमा

काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिमा- २९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक सञ्चालनमा आएको हो।

राति दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको थियो। शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

वर्षाका कारण यतिबेला नारायणगढ-मुग्लिन सडक अवरुद्ध भइरहेको छ। सडक अवरुद्ध हुँदा लामो दुरीको यात्रा गर्ने यात्रुहरूलाई सास्ती भएको छ।

प्रतिक्रिया दिनुहोस