काठमाडौं । हालै सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले व्यक्तिगत रुपमा पुरस्कार वितरण गरेका छन् । उनले रजत पदक विजेतालाई नगद रु १,५०,००० तथा कास्य पदक विजेतालाई नगद रु ७५,००० पुरस्कार प्रदान गरेका हुन् ।
सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस संघका प्रथम उपाध्यक्ष विजय लाल कायस्थले विजेता खेलाडीहरुलाई क्रमशः नगद रु २०,००० र १०,००० ले पुरस्कृत गरेका छन् । उक्त अवसरमा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान बढाउने तथा देशको झण्डा विश्व सामु फहराउन सफल विजेता खेलाडीहरुलाई राष्ट्रले उचित कदर गर्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १९ : २९
लेखकबाट थप