नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १९ : २४
नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ। बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देबेन्द्र पौडेललाई सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो।

चरम बेथितिका कारण देशको शैक्षिक अवस्था भद्रगोल बनेको भन्दै तत्काल सुधारका कदम चाल्नसमेत क्रान्तिकारीले माग गरेको छ। २०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दशौँपटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने पनि उनिहरुको माग रहेको छ।

सामुदायिक शिक्षादेखि व्यावसायिक शिक्षासम्म र चिकित्सा शिक्षादेखि विश्वविद्यालयसम्म सबै क्षेत्रमा अराजकता चुलिएको उनीहरुको जिकिर छ। शिक्षामा बढ्दो निजीकरणले सीमा नाघ्दा शिक्षा क्षेत्र हो कि बजार भन्ने छुट्याउनै नसकिने अवस्थामा नेपालको शैक्षिक क्षेत्र फसेको माग पत्रमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस