सत्ता गठबन्धन बैठक : मंसिर ४ मा चुनाव गर्न नेताहरु सहमत

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १८ : ०२
सत्ता गठबन्धन बैठक : मंसिर ४ मा चुनाव गर्न नेताहरु सहमत

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरु आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन्।

बुधबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच सहमति जुटेको हो। बुधबारको सहमतिको आधारमा बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिए।

ती नेताका अनुसार बुधबार पाँच दलीय सत्ता गठबन्धनको बैठकमा मंसिर ४ मा चुनाव गर्नेबारे सहमति भएको र बिहीबार मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने तयारी छ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारसँग परामर्श गरेको एक महिना पुग्दा समेत सरकारले मिति घोषणा गरेको छैन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस