राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १६ : ४७
राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड

काठमाडौं । सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् ।

छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले गृह मन्त्रालयबाट नै सुरक्षा निकायको व्यावसायिकताको बुझाइमा प्रभावकारी हुने हुने भएकाले अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउनुपर्ने बताए। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलका क्रममा आएका संशोधन र सुझावहरूलाई आवश्यकता अनुसार कानूनमा राखिने बताए। उनले सुरक्षाका विषयका कानूनहरुलाई छिटो छलफल गरेर पारित गर्न आग्रह पनि गरे।

यसअघि साउन १३ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस