डेङ्गु सङ्क्रमण फैलिदै

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १५ : ४१
डेङ्गु सङ्क्रमण फैलिदै

काठमाडाैँ ।  मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका  बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामी परेका हुन् ।

साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको सङ्क्रमणबाट बिरामी भएकोभइसकेका छन् । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ । मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी  विरामीको बढेका हुन् । अन्य स्थानीय तहमा छिटपुट रुपमा सो रोगको सङ्क्रमण देखा परेको छ ।

कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्याङ्क आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस