पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १५ : ३४
पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै मंगलबार अबेर ताइवान पुगेकी पेलोसीले ताइवानी नेताहरूसँगको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् ।

राष्ट्रपति साई इङ्ग वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभर लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरिन् ।कम्युनिस्ट शासित चीनले ताइवानी भूमिमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ  । आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः कब्जा गर्न सक्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस