राष्ट्रिय सूचना आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उच्च कर्मचारीको सम्पत्ति विवरणबारे स्पष्टीकरण

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १४ : ३७
राष्ट्रिय सूचना आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उच्च कर्मचारीको सम्पत्ति विवरणबारे स्पष्टीकरण

काठमाडाैँ । राष्ट्रिय सूचना आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्ना पदाधिकारी तथा उच्च कर्मचारीको सम्पत्ति विवरणबारे सूचना नदिनुको कारण मागेको छ।प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीले सोमबार यस्तो आदेश जारी गरेका हुन्। 

भक्तपुर सूर्यविनायक ४ बस्ने शशि विक्रम कार्कीले अख्तियारका प्रमुख आयुक्त, आयुक्तहरु तथा उच्च पदस्थ कर्मचारीहरुले कुन कुन मितिमा, कुन निकायमा सम्पत्ति विवरण बुझाए? भन्ने सूचना माग गरेका थिए। 

अख्तियारका सूचना अधिकारी र कार्यालय प्रमुखले उक्त सूचना नदिएपछि कार्कीले राष्ट्रिय सूचना आयोगमा उजुरी गरेका हुन्। उनको उजुरी उपर सुनुवाई गर्दै आयोगले सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्ने कुनै कारण  भए सात दिनभित्र लेखि पठाउन आदेश गरेको हो।

सूचनाको हकका अभियन्ता कार्की नेपाल विवेकशील पार्टीका केन्द्रीय सदस्य पनि हुन्। 

प्रतिक्रिया दिनुहोस