काठमाडाैँ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले डोनबासमा नारकीय लडाइँ चलिरहेको बताएका छन् ।आफ्ना सैनिकहरूको तुलनामा रुसी सैनिक तथा हतियारको संख्या निकै बढी भएको उनले बताए । उनले अमेरिका र उसका साझेदारसँग हिमार्स हतियार प्रणाली लगायत थप हतियार दिन समेत अपील गरेका छन् ।
युक्रेनीहरूलाई मंगलवार पाँच मिनेट सम्बोधन गर्दै जेलेन्स्कीले हिमार्सका लागि अमेरिकाका राष्ट्रपति जो बाइडन र नेटोलाई धन्यवाद दिए । त्यो हतियार अत्यन्तै प्रभावकारी रहेको बताउँदै उनले अतिक्रमणकारी रुसीहरूलाई थप दुःखदायी क्षति गराउने बताए ।
अमेरिकाले युक्रेनलाई अहिलेसम्म १६ वटा हिमार्स रकेट पठाएको छ । त्यसमध्ये चारवटालाई ध्वस्त पारेको दाबी रुसले गरेको छ । ‘सहयोगीहरूले हतियार पठाइरहेको भए पनि हामी आर्टिलरी र जनशक्तिमा रुसको अग्रता तोड्न सकिरहेका छैनौं,’ जेलेन्स्कीले बताए, ‘पेस्की, आव्दिव्का लगायतका स्थानमा त्यसको असर हामीलाई परिरहेको छ । त्यहाँ नर्कको स्थिति छ । शब्दमा त्यसलाई वर्णन गर्न सकिँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १४ : ३२
लेखकबाट थप