बंगलादेशी कप्तान हसनले जिम्बाब्वेविरुद्धको बाँकी खेल गुमाउने

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १५ : ४६
बंगलादेशी कप्तान हसनले जिम्बाब्वेविरुद्धको बाँकी खेल गुमाउने

काठमाडौँ । बंगलादेशका कप्तान नुरुल हसनले जिम्बाब्वेविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको बाँकी एक खेल र एकदिवसीय सिरिज गुमाउने भएका छन् ।बायाँ हातको चोरी औंला भाँचिएका कारण उनले सिरिज गुमाउने भएका हुन् । हरारेमा आइतबार सम्पन्न दोस्रो टी–२० खेलमा क्याच लिने क्रममा उनी घाइते भएका थिए ।  

यो खेलमा बंगलादेश सात विकेटले विजयी भएको थियो । योसंगै तीन खेलको सिरिज १–१ बराबरीको अवस्थामा पुगेको छ । हसनको औला भाँचिएको टोलीका फिजियो मुज्जाजेद अल्फा सानेले जानकारी दिएका छन् । उनले भने, ‘हामीले एक्सरे गरेपछि उहाँको औैंला भाँचिएको थाहा भयो । उक्त चोट ठिक हुन सामान्यतय तीन साता समय लाग्छ ।’घाइते भएसंगै उनी कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् । उनले मंगलबार हुने तेस्रो तथा अन्तिम टी–२० र तीन खेलको एकदिवसीय सिरिज गुमाउने भएका हुन् । 

उनको अनुपस्थितिमा टोलीको कप्तानी कसले गर्ने भन्नेबारे भने बंगलादेश क्रिकेट संघले केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस