चितवन । चितवनको रत्ननगर नगरपालिका ८ स्थित बाघमारा क्षेत्रमा बाढीले आधा दर्जन बढि होटल तथा रेष्टुरेन्ट डुवानमा परेका छन् । गयरातीदेखि लगातार परेको पानीले बुढी राप्ती र खगेरी खोलामा आएको बाढीले होटल तथा रेष्टुरेन्ट डुवानमा परेका हुन् ।
रेडरुफ,न्यूरो,ग्रिन भिउ,बेम्बो कटेज,जंगल प्यालेस होटल,दोभान रेष्टुरेन्ट,बिगबोस रेष्टुरेन्ट लगायतका होटल तथा रेष्टुरेन्ट डुवानमा परेको स्थानीय व्यवसायीले बताएका छन् ।
सो क्षेत्रमा बाढी आएसंगै होटल रेष्टुरेन्टमा रहेका सामानहरु सुरक्षित स्थानमा लैजान थालिएको छ । बाढीका सौराहा क्षेत्र समेत जोखिममा परेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १६ साउन २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु
यागी चक्रवातपछि म्यानमारमा भीषण बाढी, दुई लाखभन्दा बढी मानिस प्रभावित
बागलुङमा बाढी–पहिरोबाट असारयता १८ जनाको मृत्यु, २२ घाइते
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता
बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित
बाढीले कञ्चनपुरमा करोडौँको क्षति