श्रीमती दुई दिनपछि युके जाने तयारीमा

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १४ : २७
श्रीमती दुई दिनपछि युके जाने तयारीमा

काठमाडौँ । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ। श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले बताए।

उनले भने, ‘श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भयावह अवस्था छ। श्रीमानको शव अर्को कोठामा देखिन्छ। त्यसैले श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको देखिन्छ। तर, त्यसबारे प्रहरीले थप अनुसन्धानका लागि घटनास्थलमा खटिराख्नुभएको छ।’

श्रीमती दुई दिनपछि ( वेलायत) युके जाने तयारीमा रहेको स्थानीयहरूले बताएको उनको भनाइ छ।  उनीहरुको पुर्ख्यौली घर गोरखा भए पनि अहिले त्यही घर बनाएर बस्दै आएको उनले बताए। थप अनुसन्धानपछि नै घटनाबारे थाहा लाग्ने उनले बताए। घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत्त भेटिएका थिए।

उनीहरूको छोराछोरी विद्यालय जाने बेलामा पनि बाहिर ननिस्केपछि स्थानीयले ढोका फोडेर हेरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप रहस्य खुल्न बाँकी रहेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस