महोत्तरीमा मोटरसाइकल आपसमा ठोक्किदा दुईजनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १३ : ५८
महोत्तरीमा मोटरसाइकल आपसमा ठोक्किदा दुईजनाको मृत्यु

काठमाडौँ ।  महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत ४ साउनमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ । घटना भएको दिन एक र अर्का मोटरसाइकल चालकको आज मृत्यु भएको हो ।

आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका–२ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो ।

प्रदेश २–०२–००१प. ८६७९ नं को मोटरसाइकलमा चढेर बर्दिबासबाट सम्सी जाँदै गरेका विवेकलाई विपरीत दिशाबाट प्रदेश २–०२–००३प ७७३८ नम्बरको मोटरसाइकलमा चढेर आउँदै गरेका कृष्णाले गौशाला नगरपालिका–२ स्थित सडकमा आमुन्नेसामुन्ने ठक्कर दिएका थिए । 

प्रतिक्रिया दिनुहोस