काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३८९ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा आइतबार कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४० जना, मदिरा पिएर सवारीसाधन चलाउने ११८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना रहेका छन् ।
यस्तै, सडक लेन उल्लंघन गर्ने ८० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७१ जना, अवस्था ठिक नभएका सवारीसाधन चलाउने ३२ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २५ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, ११ : २४
लेखकबाट थप