काठमाडौँ । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुनले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने आशय व्यक्त गरेका हुन् ।
‘आगामी गाउँपालिकाको चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नुपर्ला जस्तो देखिँदैछ । र आवश्यक परे उठिन्छ पनि,’ उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, ११ : २१
लेखकबाट थप