जनरल इन्स्योरेन्सका ग्राहकलाई टिचिङ हस्पिटलमा छुट

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १७ : २८
जनरल इन्स्योरेन्सका ग्राहकलाई टिचिङ हस्पिटलमा छुट

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौँबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस