काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १६ : ५१
काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । 

काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्च तथा गुणस्तरीय शिक्षा प्रदान गर्न यस विश्वविद्यालयले सह्राहनीय कार्य गरेर देखाइ रहेको सबैसामू छर्लङ छ ।’

विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्नुे बताए । 

सभामा उनले विद्यार्थीलाई नेपालमै आवश्यक विषय अध्ययन गर्ने वातावरण र आकर्षक केन्द्र बनाएमात्र विदेश जानेहरुलाई कम गर्न सकिने औँल्याए ।

प्रतिक्रिया दिनुहोस