पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १६ : ४७
पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।  यस्तै, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने पनि जनाइएको छ । 
यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् । 

हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस