काठमाडाैँ । जेम्स म्याडिसन अनुबन्धका लागि लागि प्रिमियर लिग प्रतिस्पर्धी न्युक्यासल युनाइटेडले गरेको प्रस्ताव लेस्टर सिटीले अस्वीकार गरेको छ । न्युक्यासलले म्याडिसनक अनुबन्धका लागि ४० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो ।लेस्टरका प्रशिक्षक ब्रेन्डान रोजर्सले यस सिजनका लागि अहिलेसम्म टोलीमा कुनै पनि प्रमुख खेलाडीलाई अनुबन्ध गरेका छैनन् । म्याडिसन र लेस्टरबीचको सम्झौता अझै दुई वर्षका लागि बाँकी छ ।
गत सिजन म्याडिसनले लेस्टरबाट ३५ प्रिमियर लिग खेल खेल्दै १२ गोल गरेका थिए । उनी सन् २०१८ मा अर्को इंग्लिस क्लब नर्विच सिटीबाट २० मिलियन पाउन्डमा किंग्स पावर स्टेडियम भित्रिएका हुन् । न्युक्यासलले भने नयाँ सिजनका लागि डिफेन्डर सिभेन बोटमान र म्याट टार्गेट तथा गोलकिपर निक पोपलाई अनुबन्ध गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, १६ : १५
लेखकबाट थप