काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जलविद्युत् उत्पादनको लागत कम गर्नेभन्दा पनि प्रतिष्पर्धी बनाउनुपर्ने बताएका छन् ।आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्युत् प्रशारण लाइन सरकार वा निजी क्षेत्र जसले बनाए पनि कम लागतमा बनाउने अवस्था सिर्जना गर्न आयोग तयार रहेको बताए ।उनले भने, ‘जलविद्युत् क्षेत्रको लागत कसरी घटाउनेभन्दा विद्युत् क्षेत्रलाई प्रतिष्पर्धामा लैजाऔं । प्रशारण लाइन सरकार वा निजी क्षेत्रले जसले बनाए पनि कम लागतमा बनाउने अवस्था सिर्जना गरौं र उसले जसरी हाइवयमा निजी र सरकारी सवारी चल्छ त्यसरी नै विद्युत चल्न दिऔं । मार्केट कसैले खोज्छ भने खोज्न दिऔं । बचेर उसले पैसा कमाओस् ।'
उपाध्यक्ष पौडेलले नेपालको विद्युत् व्यापारको विषयमा धेरै वहस गर्न आवश्यक नभएको बताए । उनले नेपालमा उत्पादित विद्युत् सकेसम्म नेपालमा नै खपत गर्न सक्नुपर्ने बताए ।
'हामीले अनाश्यक रुपमा विद्युतलाई देशमा बेच्ने की विदेशमा भन्ने कुरा बढी गछौं । मलाई लाग्दैन कसैको असहमति छ । पाउन्जेलसम्म देशभित्र नै खपत गर्ने हो । नेपालमा नेपालीलाई विद्युत् बाल्न नदिऔं विदेशमा नै बेचौं भनेर कसैले भनेको छैन । यो विषय धेरै वहस गर्न जरुरी छैन’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, १६ : १२
लेखकबाट थप