सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, ११ : ०७
सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो तोलाको ?

काठमाडौं । सुनचाँदीको मूल्य बिहीबारदेखि बृद्धि भइरहेको छ । आज आइतबार सुन प्रतितोला २ सय र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार सुन ८ सय र चाँदी ३० रुपैयाँले बढेको थियो भने शुक्रबार पनि सुन ८ सय र चाँदी ३५ रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस