काठमाडौं । जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा आज विहान साढे ६ वजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्रचन्दले बताए ।
ड्राइभर दलबहादुर बुढा हुन । उनका अनुसार ड्राइभर घाइते छन् । कानकासुन्दरी गाउँपालिका १ जुम्लाका हुन । उनलाई प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ। गाडीमा ५ जना यात्रु सवार थिए। अरु सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते