काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता कर्ताले पार्टी अनुशासनको दायराभित्र बसेर अभिब्यक्ति दिनु पर्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता सिंहले कांग्रेसको कार्यकर्ता भएपछि उस्ले गर्ने गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै कार्यकर्तालाई जिम्मेवार बन्न सुझाव दिएका छन्।
पार्टीले गरेको निर्णयको पक्षमा सबै जना उभिन सके मात्रै पार्टी बलियो हुने उनको भनाई छ।कांग्रेस पार्टी भित्रको एकता बलियो भएमात्रै मुलुकका सामु देखिएका चुनौती सामना गर्न सकिने उनले बताए।
नेता सिंहले भने,‘सार्वजनिक मञ्चबाट या सामाजिक सञ्जालबाट पार्टी निर्णय भन्दा फरक धारणा राख्दा व्यक्ति चर्चित होला तर कांग्रेस कमजोर हुने भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह